२६ असार २०८२, बिहिबार

आइतबार कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति :  23 March, 2025 11:49 am


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ९०० रुपैयाँले घटेर एक लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !