सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
प्रकाशित मिति : 23 March, 2025 1:53 pm

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन् ।
आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले शहिद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? भन्दै प्रश्न गरेकी हुन् । उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानूनी रूप नलिएको भन्दै सरकारसँग जवाफ माग गरिन् ।
उनले बैतडीको पाटनस्थित विमानस्थल सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।