६ असार २०८२, शुक्रबार

दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

प्रकाशित मिति :  23 March, 2025 1:55 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन् ।

आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरेका हुन् । उक्त घट्नाले ६० लाख दलित समूदायलाई अपमानित गरेको उनकाे भनाइ छ । 

उनले निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको बताए ।
 



प्रतिक्रिया दिनुहोस !