४ जेष्ठ २०८२, आइतबार

सहकारीहरूको स्वनियमनलाई थप व्यवस्थित गर्न सहकारीसम्बन्धी विधेयक ल्याइएकाे हाेः मन्त्री अधिकारी

प्रकाशित मिति :  23 March, 2025 4:46 pm


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्याहरूको तत्काल समाधान गर्नको लागि सहकारीसम्बन्धी प्रतिस्थापन विधेयक ल्याइएको बताएका छन् ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै मन्त्री अधिकारीले २०७४ मा बनेको सहकारी ऐनमा स्वनियमन संस्था हुँदाहुँदै पनि अनियमितता भएको उल्लेख  गर्दै त्यसलाई व्यवस्थित गर्नको लागि विधेयक ल्याइएको बताएका हुन् ।

उनले सहकारी ऐनमा रहेको त्रुटि र सहकारीसम्बन्धी संसदीय विषेश छानबिन समितिले दिएको निर्देशन, सहकारी पीडितहरुसँग सरकारले समय समयमा गरेको सहमति, सहकारीका विभिन्न निकायले दिएको सुझाव र सहकारीसम्बन्धी अन्तर्राष्ट्रिय मुल्यमान्यताको अधारमा विधेयक अघि सारिएको जिकिर गरे।

विधेयकले कानूनी रुप लिएपछि सहरकारीहरुमा देखिएका समस्याहरु तत्काल समाधान गर्नको लागि सहयोग पुग्ने बताए । मन्त्री अधिकारीले तत्कालका समस्याहरू समाधान गर्ने र समयक्रमसँगै आवश्यक परिमार्जन गर्ने सरकारको नीति रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !