२९ बैशाख २०८२, सोमबार

राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि प्राप्त गर्न सकिन्छः राष्ट्रपति

प्रकाशित मिति :  23 March, 2025 4:50 pm


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।

आइतवार नेपाल सरकारको आर्थिक वर्ष २०८०\०८१ मा सम्पदाति प्रमुख कार्यहरू समेटी तयार पारिुएको सरकारको ९ औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले उपलब्ध श्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारीका कार्यान्वयन गर्नसके मात्रै मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामुलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने उल्लेख गरेका हुन् ।

उनले त्यसतर्फ तदारुकताका साथ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानको मुल मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

राष्ट्रपति पौडेलले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वअनुसारका काम, कारबाहीहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !