त्रि-चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत १३ गते हुने
प्रकाशित मिति : 24 March, 2025 2:55 pm

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रि-चन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत १३ गते हुने भएको छ।
यसअघि चैत ५ गतेका लागि निर्धारित निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। क्याम्पसको निर्वाचन समितिको आज बसेको बैठकले चैत १३ गते विहान ८ बजेदेखि मतदान गर्ने निर्णय गरेको हो।
निर्वाचन अधिकृत डा. अन्नदमणि गौतमले सबैलाई निर्वाचन प्रक्रियामा सहयोग गर्न अनुरोध गरेका छन्।