१३ बैशाख २०८२, शनिबार

नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी छः मन्त्री पाण्डे

प्रकाशित मिति :  24 March, 2025 4:38 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नागरिक उडड्यनको क्षेत्रमा कुनैपनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको बताएका हुन् । उनले उडड्यनको क्षेत्रलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताए ।

धेरै वटा देशहरूबाट सिधा उडानको प्रस्ताव अएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताए । उनले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको बताए ।

उनले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताए । उड्डयनको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नेगरी सरकार हवाई नीति ल्याउने तर्खरमा रहेको समेत बताए । विदेशी तथा स्वदेशी एयरलाइन्सहरूबिच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !