४ जेष्ठ २०८१, शुक्रबार

अधिकारीको नयाँ गीत, म्युजिक भिडियो सार्बजनिक, म्युजिक भिडियोमा राजेश हमाल (भिडियो)

प्रकाशित मिति :  14 November, 2019 4:28 pm


गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । अधिकारीको गीतमा राजेश हमालले अभिनय गरेका छन्। ‘मैले चोट खाँदा’ बोलको गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको गीतको भिडियोमा राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको अभिनय रहेको छ । गीतले निकै भाबुक बनाउँछ।

सबै सम्बन्ध गलत हुँदैनन परिस्थितिले गलत बुझाउन सक्छ भन्ने तितोपनलाई गीतमा देखाउन खोजिएको छ भने अन्तिममा सबै भ्रम हटेको समेत देखाइएको छ। लोकराज अधिकारीको शब्द रहेको गीतलाई गायिका रेनु विष्ट केसीले गाएकी छिन् भने गीतमा हरि लम्सालले संगीत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !