१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

कृषिलाई विकासको मेरुदण्ड मानेर बजेट निर्माण गर्न मीनाकुमारी श्रेष्ठको माग

प्रकाशित मिति :  15 May, 2025 4:08 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठले कृषि क्षेत्रमा राज्यको प्राथमिकता नपरेको भन्दै गुनासो व्यक्त गरेकी छन् ।

उनले लुम्बिनी कृषि आधारित प्रदेश भए पनि सरकारले कृषिलाई उपेक्षा गरेको भन्दै आगामी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।

सदस्य श्रेष्ठले दीगो आर्थिक स्रोतका रूपमा कृषिलाई विकास गर्नुपर्नेमा जोड दिँदै मुलुकको विकासका लागि कृषि क्षेत्रलाई मेरुदण्डका रूपमा स्वीकार गर्नुपर्ने बताइन् । उनले कृषिलाई उत्पादनमुखी, व्यवसायिक र आत्मनिर्भर बनाउने दिशामा बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

उनले प्रदेश सरकारले कृषि क्षेत्रलाई समृद्ध बनाउन दीगो योजना, कार्यक्रम र बजेटको व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गर्दै कृषकहरूको जीवनस्तर उकास्न सरकारले गम्भीरता देखाउनुपर्ने माग गरिन् ।



प्रतिक्रिया दिनुहोस !