१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम

नागरिक आकांक्षाअनुसार लक्षित योजना सञ्चालन हुने

प्रकाशित मिति :  19 May, 2025 1:22 pm


दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। सोमबार प्रदेशसभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा लुम्बिनीलाई “विशिष्ट पहिचान भएको प्रदेश” को रूपमा सम्बोधन गरिएको छ। अनुपम सांस्कृतिक सम्पदा, अथाह प्राकृतिक स्रोतसाधन र विश्वप्रशिद्ध आस्था केन्द्र लुम्बिनीको असिम सम्भावनालाई केन्द्रमा राखेर आगामी योजना निर्माण गरिएको बताइएको छ।

नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त क्षेत्रमा विकासका प्रयासहरू केन्द्रित गरिने उल्लेख छ। सरकारको प्रभावकारिता र सेवा प्रवाहको दक्षता अभिवृद्धि गर्दै नागरिकका आकांक्षाहरू पुरा गर्न प्रदेश सरकार अगाडि बढेको उल्लेख गरिएको छ।

“संविधान प्रदत्त अधिकारको सीमाभित्र रही सन्तुलित, विशिष्ट र प्रदेशको पृथक आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रमहरू ल्याइनेछन्,” नीति तथा कार्यक्रममा भनिएको छ।

सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, नवप्रवर्तनलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर समावेशी र दिगो विकासका लागि योजना अघि सारेको छ।

प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफलपछि आगामी दिनमा बजेटमार्फत कार्यान्वयन गर्ने तयारी प्रदेश सरकारले गरेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !