१९ मंसिर २०८२, शुक्रबार

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्‍याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गरौँः सञ्चारमन्त्री

प्रकाशित मिति :  20 May, 2025 5:52 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संवैधानिक परिषद्सम्बन्धी विधेयक छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफलमा समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक टुंगो लगाउन प्रतिपक्ष र सत्तापक्ष नभनि लाग्नुपर्ने बताए । उनले संवैधानिक परिषद्मा अहिले सर्वसहमतिपछि मात्रै निर्णय हुने प्रावधानले मुलुकलाई अनिर्णयको बन्दी बनाएको बताए ।

उनले अध्यादेशमा शासन चलाउने ठाउँमा नपु¥याउनको लागि पनि संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गर्नुपर्ने बताए । मन्त्री गुरुङले कानूनी सीमाभित्र सक्ने गरी विधेयक टुंगो लगाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !