२० मंसिर २०८२, शनिबार

भारतलाई राति भारु ४ मा नेपालले विद्युत बिक्री गरिरहेको छः हितेन्द्रदेव शाक्य

प्रकाशित मिति :  26 May, 2025 10:38 am


काठमाडाैँ ।नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत बिक्री गरिरहेको बताएका छन् ।

आइतवार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताए । बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिब ५० पैसा पाउने अवस्था रहेको बताए ।

दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको बताए । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको बताए।

राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे । शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर विक्री गरेको बताए । जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको बताए । नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि कन्नि नपर्ने र दिउँसो पनि सस्तोमा भएपनि बेच्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !