२० मंसिर २०८२, शनिबार

हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत

प्रकाशित मिति :  2 June, 2025 5:55 pm


काठमाडाैँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालको समस्या नै लोकप्रियतावाद भएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘पोस्ट बजेटः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उनले अहिले लोकप्रिय हुने प्रबल चाहनाले भविष्यमा अत्यन्तै अलोकप्रिय स्थितिमा पु¥याउने बताएका हुन् । उनले आफूहरू अहिले अलोकप्रिय भएपनि दीर्घकालीन परिणामले लोकप्रिय बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारले साढे ४ हजार बढी आयोजनाहरू कटौती गर्ने भनेपछि त्यो पर्याप्त नभएको टिप्पणी गरे । उनले आगामी आर्थिक वर्षको बजेटले केही कोशिस गरे पनि जति आयोजना कटौती हुनुपर्ने हो, त्यति नभएको जिकिर गरे ।

पूर्वअर्थमन्त्री महतले आफू अर्थमन्त्री भएको बेलामा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारबाट नराख्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि बनाएको बताउँदै कार्यविधि लागू गर्ने समयमा सरकारबाट बाहिरिनुपरेको धारणा राखे ।

उनले उपभोक्ता समितिको नाममा अहिले दश/पन्ध्र लाखका आयोजनाहरू लिएर हजारौँको सङ्ख्यामा प्रदेश राजधानीमा पुगिरहेको बताउँदै ती कुनै योजना परिणाम नदिने बताए ।



प्रतिक्रिया दिनुहोस !