१९ मंसिर २०८२, शुक्रबार

बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव

प्रकाशित मिति :  17 June, 2025 12:45 pm


काठमाडौँ – नेपाली काँग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरिन् ।

मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन्

समितिमा आज नेपाल कानून व्यवसायी परिषद्को दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बधमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग् छलफल छ । संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन् । यसले संशोधनकर्ता सदस्यहरुले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने बताइन् ।

उनले भनिन्, ”समयको व्यस्ततालाई हेरौँ । समयको पावन्दी पनि हेरौँ । बरु बिदाको दिन बोलाउनुस् हामी आउँछौँ तर बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ताहरु पनि आउनु हुन्न। हामीले पनि जति महत्व दिनुपर्ने हो त्यो दिन सक्छौँ की सक्दैनौ ।”

समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट पारिन्।
—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !