२४ बैशाख २०८१, सोमबार

प्रदेश ५ सरकारद्धारा ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक

प्रकाशित मिति :  15 June, 2020 5:29 pm


रुपन्देही,१ असार ।

प्रदेश-५ सरकारले आर्थिक बर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोख्रेलले आज प्रदेश सभामा पेश गरेको बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार रुपैयाँ र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार रुपँयाँ तथा वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन् ।

प्रदेश ५ सरकारले स्वास्थ्य,शिक्षा, कृषि,रोजगारी र भौतिक पूर्वाधारलाई केन्द्रमा राखेर बजेट ल्याएको छ ।

स्वास्थ्य क्षेत्रको स्तरोन्नति र बिस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बढाउने र शिक्षा लगायत सामाजिक क्षेत्रको बिस्तार र विकास गर्ने, कृषि क्षेत्रमा उत्पादनका साधनमा सहज पहुँच र नविनतम प्रविधिको उपयोग बढाउँदै युवा पुस्तालाई आकर्षित गर्ने र कृषिलाई आत्म निर्भर अर्थतन्त्रको आधारशीलाको रुपमा विकास गर्ने बजेटको प्राथमिकतामा उल्लेख छ ।

त्यस्तै कृषि,उद्योग,पर्यटन,श्रममूलक सार्वजनिक निर्माण,लघु,घरेलु तथा साना उद्यामको प्रर्वद्धन गर्दै रोजगारी एवं स्वारगारीको थप अवसर निर्माण गर्ने, आर्थिक सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुग्नेगरी दिगो पूर्वाधार विकासमा जोड दिने, छिट्टै प्रतिफल हासिल हुने क्ष्ँेत्रमा व्यवसायिक लगानी र साझेदारी गर्ने लगायतका विषयलाई प्रदेश ५ सरकारले आफ्नो प्राथमिकतमा राखेको छ ।



प्रतिक्रिया दिनुहोस !