८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित

प्रकाशित मिति :  16 June, 2020 7:14 am


काठमाडौं,२ असार ।

गण्डकी प्रदेशमा १८ जना  कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान विज्ञप्ति जारी गरेर प्रदेशका विभिन्न ५ जिल्लामा १८ जनामा कोरोेना संक्रमणको पुष्टि भएको जानकारी गराएको हो ।

निर्देशनालका अनुसार गोरखाको गोरखा नगरपालिकाको वडा नम्बर ७ मा ८ जना,बारपाक सुलिकोट गाँउपालिकामा २ जना, स्याङ्जाको चापाकोट नगरपालिकामा ४ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनय त्रिवेणी गाँउपालिकाकमा १ जना र मध्यविन्दु नगरपालिकामा १ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा १ जना र बाग्लुङको ताराखोला गाँउपालिकामा १ जना कोरोना संक्रमित भेटिएको निर्देशनालयले पुष्टि गरेको छ । उनीहरु सबै भारतबाट फर्किएका र सम्बन्धित जिल्लाको क्वारेन्टाईनमारहेको भन्दै निर्देशनालयले उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेशन कक्षमा लैजाने तयारी भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !