१४ बैशाख २०८१, शुक्रबार

दाङमा भारतीय प्रधानमन्त्रीकाे पुत्ला जलाईयाे

प्रकाशित मिति :  15 November, 2019 6:33 pm


 दाङ । राष्ट्रिय जनमोर्चाले दाङको लमहीमा भारतीीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

हालै नेपाली भूमीलाई गाभेर नक्सा सार्वजनिक गरेको बिरोधमा प्रर्दशन गर्दै जनमोर्चा लमही नगर कमिटीले मोदीको पुत्ला जलाएका हो ।

छिमेकीको नाममा भारतले नेपाली भूमी नै आफ्नो नक्सा भित्र राख्नुले हेपाहा प्रवृत्तीको उजागर भएको भन्दै जनमोर्चाले तत्काल भूमि फिर्ता गर्न माग समेत गरेको छ । पुत्ला दहन पछि आयोजित सभालाई सम्बोधन गर्दै जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले भारतले नेपालको स्वाधीनता माथी धावा बोल्ने काम गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !