उपेन्द्र यादवको प्रश्नः प्राकृतिक श्रोत र साधनले सम्पन्न देश नेपाल कसरी दरिद्र भयो ?
काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बसह जरुरुी रहेको बताएका छन् ।
आइतवार मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई प्रकृतिले सबैथोक दिएपछि सम्पन्न बनाउन नसकिएको बताएका हुन् ।
प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? उनको प्रश्न छ । माटो नै नभएका देशहरू र बालुवाका देशहरू सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको बताए ।
“नेपाललाई प्रकृतिले सबैथोक दिएको छ । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जंगल छैन, रुख छैन, ति देशहरू संसारका धनी र सम्पन्न देश भए । नेपाल किन दरिद्र, कंगाल र अझ मानव निर्यात र तस्करी गर्ने देश किन भयो ? यो विषयमा चिन्तन गर्न जरुरी छ,” उनले भने ।
अध्यक्ष यादवले अहिले संघीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै सुरूवात भएको बताए ।








