वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी
प्रकाशित मिति : 4 August, 2025 9:50 am
काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सम्हाल्ने जिम्मेवारी दिएका छन् ।
ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन गएराति तुर्कमेनिस्तान प्रस्थान गरेसँगै यो व्यवस्था गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टी विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) ले अध्यक्ष अनुपस्थित भएको अवस्थामा वरिष्ठ उपाध्यक्षले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने प्रावधान गरेको छ। सोही आधारमा पोखरेललाई औपचारिक जिम्मेवारी हस्तान्तरण गरिएको हो।
प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम रहेको गौतमले जानकारी दिए ।








