माओवादीको घोषणाः विकृति र विसंगतिविरुद्ध अब फेरि एक पटक आन्दोलन
प्रकाशित मिति : 4 August, 2025 6:14 pm
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले पुनः एक पटक विसंगतिका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको बताए ।
उनले पार्टी एकतावद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामुहिक संकल्प लिएको बताए । अध्यक्ष दाहालले कुलिङ पिरियड छेडखानीका दोषीलाई कारबाही गर्नेगरी समितिले प्रतिवेदन ल्याउने बताए ।








