१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनका लागि तुर्कमेनिस्तानमा

प्रकाशित मिति :  4 August, 2025 7:30 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन सोमबार तुर्कमेनिस्तान पुगेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्थानीय समय अनुसार दिउँसो १४ः३० बजे दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहर पुगेको हो ।

विमानस्थलमा उहाँलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा तथा अन्य अधिकारीहरूले स्वागत गरे।

साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा सहभागी हुनेछन् । सम्मेलनमा भूपरिवेष्ठित राष्ट्रहरूको आर्थिक विकास, पारवहन सुलभता र क्षेत्रीय सहकार्यका एजेन्डामा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !