आईएमई लाइफ इन्स्योरेन्स भालुबाङ शाखाको आठौं वार्षिकोत्सव सम्पन्न
लक्ष्मी पाेखरेल,
दाङ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भालुबाङ शाखाले विभिन्न कार्यक्रमसहित आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवकाे अवसरमा बीमाको महत्वबारे सचेतना जगाउन प्रभातफेरीकाे आयोजना गरिएको राप्ती क्षेत्र प्रमुख कमल आचार्यले जानकारी दिए । उक्त अवसरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहभागिता रहेकाे थियाे ।
सो अवसरमा शाखाले २०८१/८२ सालमा पाएको सम्मानपत्र आफ्ना सक्रिय लिडरलाई हस्तान्तरण गरेको थियो । साथै, बीमाको आवश्यकता, जीवन सुरक्षामा यसको योगदान तथा आर्थिक सुरक्षित भविष्य निर्माणका लागि यसको भूमिकाबारे पनि जानकारी गराइएकाे थियाे ।
भालुवाङ शाखाले स्थापना भएको तीन वर्षमै ९ सयभन्दा बढी ग्राहकलाई बीमा सेवा प्रदान गरिसकेको छ । यस अवधिमा घातक रोग, दुर्घटना तथा मृत्युजस्ता घटनामा करिब ६ लाख रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी उपलब्ध गराएको शाखाले जनाएको छ ।
उत्सवका अवसरमा एमडी आरटी ओमप्रकाश बुढाथोकी, हस्तबहादुर गुरुङ, गोविन्दबहादुर रोका, एजेन्सी म्यानेजरसहित शाखाका सक्रिय लिडरहरुको सहभागिता उल्लेखनीय रहेको थियो ।








