६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  17 June, 2020 10:02 am


काठमाडौं,३ असार । 

गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका २ जिल्लामा २१ जना संक्रमित भेटिएका हुन् ।

निर्देशनालयका अनुसार नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाँउपालिकामा १४ जना, मध्यविन्दु नगरपालिकामा २ जना,कावासोती नगरपालिकामा १ जना र पालिका नखुलेको १ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पर्वतको फलेवास नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

संक्रमित नयाँ सबै भारतबाट फर्किएका र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस !