२३ बैशाख २०८१, आइतबार

अनलाईनबाट किनेका सामान निःशुल्क घरमा उपलब्ध हुने

प्रकाशित मिति :  17 June, 2020 1:20 pm


काठमाडौं,३ असार ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरे निःशुल्क घरमा उपलब्ध गराउने भएको छ ।

कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीले कोरोना संक्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि घरमा सामान पुराउने गरि सेवा सुरु गरिएको जानकारी दिए ।

यसअघि चक्रपथभित्र शुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि विस्तार गरिएको ज्ञवालीले जानकारी दिए । इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ ।

साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा होम डेलिभरी गर्न थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिए ।

अहिलेको अवस्थामा सामाजिक सेवाकै रुपमा सरकारलाई सहयोग गर्नका लागि काम थालिएको र यसको सिकाइका आधारमा देशभर सेवा सञ्चालन गर्ने उद्देश्य रहेको थापाको भनाई छ ।

उनले कुनै पनि सेवा नलिइ सरकारी उत्पादन त्यही मूल्यमा निःशुल्क रुपमा घरसम्म डेलिभिरी गरिने बताए । चक्रथप बाहिर पाँच किलोमिटरसम्म सामान उपलब्ध गराईने छ ।



प्रतिक्रिया दिनुहोस !