त्रिभुवननगर जेसीजले दियाे विद्यार्थीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण
दाङ । त्रिभुवननगर जेसीजले बिहीबार त्रिभुवननगर जेसीज तालिम म्याराथन अन्तर्गत चौथो दिन साइबर अपराधसम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।
घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतको अध्यक्षता तथा संविधानसभा सदस्य माननीय अनिता देवकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि देवकोटाले जेसीजले युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै डिजिटल युगमा साइबर अपराधबारे सचेतना अत्यन्त जरुरी भएको बताए । उनले साइबर अपराधका प्रकार, कानुनी असर र सचेत रहनुपर्ने अभ्यासबारे युवाले अवश्य बुझ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख वक्ता दाङ जिल्ला अदालतकी शाखा अधिकृत मञ्जु शर्माले साइबर अपराधको परिभाषा, विश्व र नेपालको अवस्था, कानुनी व्यवस्था, ह्याकिङ, अनलाइन ठगी, साइबर बुलिङ, व्यक्तिगत गोपनीयताको उल्लङ्घनलगायत विषयमा प्रस्ट पारे ।
उनले बलियो पासवर्ड प्रयोग गर्ने, संवेदनशील जानकारी सुरक्षित राख्ने, शंकास्पद लिंक वा इमेल नखोल्ने, कानुनी सहयोग कसरी लिने भन्ने व्यावहारिक उपायसमेत प्रस्तुत गरे ।
शर्माले सामान्य देखिने साइबर अपराधले पनि गम्भीर असर पार्ने भएकाले सचेत र जिम्मेवार डिजिटल नागरिक बन्नुपर्नेमा जोड दिए ।
तालिम प्रतिष्ठानका अध्यक्ष रजिव उल्लाह खानको अगुवाइमा सम्पन्न कार्यक्रममा आस्थापाठ जेसी किरण गौतमले संचालन गरेका थिए ।
कार्यक्रम संयोजक हिमाल केसीको स्वागत मन्तव्यपछि शुरु भएको तालिमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गरेका थिए ।








