नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्याैँ-वर्ल्डलिङ्क
प्रकाशित मिति : 5 September, 2025 10:41 am
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरिएको जानकारी दिएको छ ।
वर्ल्डलिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार कारबाही गरिएको जनाएको हो । कम्पनीका अनुसार सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दर्ता नभएका प्लेटफर्म बन्द गरिएको हो ।
वर्ल्डलिङ्कले भनेको छ, “नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सेवा अब प्रयोग गर्न सकिने छैन ।” यद्यपि, टिकटक, भाइबर लगायत दर्ता भएका अन्य सामाजिक सञ्जाल भने सञ्चालनमा रहने वर्ल्डलिङ्कले स्पष्ट पारेको छ ।








