२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित

प्रकाशित मिति :  18 June, 2020 1:51 pm


काठमाडौं, ४ असार ।

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ।

आज भएको मतदानमा सभामा उपस्थित ५७ जना सबैले संसोधनको पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभा ५९ सदस्यीय छ। तीमध्ये एक सिट अहिले रिक्त छ भने अध्यक्षले मतदान गर्दैनन्। बैठकमा अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्शा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ भने राष्ट्रिय सभाबाट समेत सर्वसम्मतिले पारित भएको छ ।

आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्तावलाई सभाले सर्वसम्मतिबाट पारित गरेको हो ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिईने छ र राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेको थियो । सोही नक्शा समावेश गरेर निशान छाप परिवर्तनका लागि संविधान संसोधन गरिएको हो ।

संम्बन्धित समाचार

कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र नेपाली प्रशासनको उपस्थिति गराउन माग



प्रतिक्रिया दिनुहोस !