जेन-जी आन्दोलनको प्रभाव : काठमाडौँ उपत्यकाका निजी विद्यालय भोलि बन्द हुने
प्रकाशित मिति : 8 September, 2025 8:13 pm
काठमाडौँ । जेनजीहरूको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका निजी विद्यालयहरू भोलि बन्द हुने भएका छन् । विद्यालय सञ्चालकहरूले सुरक्षाका कारण भोलि एक दिनका लागि पठन–पाठन स्थगित गर्ने निर्णय गरेका हुन् ।
साना तथा ठूला विद्यालयहरूले अभिभावकलाई सूचना पठाउँदै भोलि विद्यालय नहुने जानकारी गराइसकेका छन् । आज भएको प्रदर्शनमा कर्फ्यु, भिड नियन्त्रणका लागि बल प्रयोग र बढ्दो असुरक्षापछि विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालय सञ्चालकहरूले बताएका छन् ।








