त्रिवि स्नातक दोस्रो वर्षको परीक्षा स्थगित : असोज २, ४ र ५ मा हुने
प्रकाशित मिति : 9 September, 2025 6:52 am
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका निमित्त परीक्षा नियन्त्रक डा. सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै यही भदौ २४, २५ र ২৬ गते हुने भनिएका परीक्षा स्थगित गरिएको जानकारी दिनुभएको हो। परीक्षा बिहान ७ देखि १० बजेसम्म र दिउँसो १२ देखि ३ बजेसम्म हुने तय गरिएको थियो ।
डाक्टर कलौनीका अनुसार देशमा उत्पन्न असहज परिस्थितिका कारण आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले देशभरका सबै परीक्षा केन्द्रमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा हुने बताइएको छ ।








