१५ चैत्र २०८०, बिहिबार

लकडाउन अफर बन्द गर्दै एनसेल, रिचार्ज बाेनसपछि डाटा चलाउँदा २५ प्रतिशत छुट सेवा पनि बन्द

प्रकाशित मिति :  18 June, 2020 6:47 pm


काठमाडाैं, ४ असार । 

टेलिकम सेवा प्रदायक एनसेलले लकडाउनयता ल्याएकाे भ्वाइस र डेटाका अफरहरू एक एक गर्दै बन्द गर्न थालेकाे छ । बिहीबार मात्र एनसेलले मुख्य व्यालेन्सबाट डेटा चलाउँदा उपलब्ध गराइएकाे २५ प्रतिशत छुट पाउने सेवा बन्द गरेकाे जनाएकाे छ ।

आफ्नाे आधिकारिक फेसबुक पेज मार्फत् गत चैत २० गतेबाट ल्याएकाे सेवा बिहीबार (असार ४) गतेबाट बन्द गरेकाे जानकारी दिएकाे हाे  कम्पनीले सेवा किन बन्द गरेकाे भन्ने बारे खुलाएकाे छैन ।

सरकारले लकडाउन खुकुलाे पारेसँगै अफर पनि बन्द गरिएकाे देखिन्छ । लकडाउन लगत्तै चैत १३ देखि उपलब्ध गराएकाे रिचार्ज गर्दा १२० प्रतिशत बाेनस पाइने अफर जेठ ३२ गतेदेखि बन्द गरेकाे थियाे ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउनमा कडाइ गरेकाेमा त्यसयता भने माेडालिटी परिवर्तन गरेर खुकुलाे बनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !