भाटभटेनीकाे आइसक्रिम चोरीमा संलग्न शिक्षककाे जागिर गयाे
बुटवल । जेन-जी आन्दोलनको नाममा भुटवलको भाटभटेनी सुपर मार्केटमा आइसक्रिम चोरीको प्रमाण सार्वजनिक भएपछि कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।
विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार, भदौ २४ गते जेन-जी आन्दोलनको प्रदर्शनका क्रममा शुक्ला आफ्नै विद्यालयको शिक्षक रहँदै बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा अनियमिततामा संलग्न भएको देखिएको हो ।
प्राचार्य थापाले भने, “विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहर भएको कारण आजैका मितिबाट लागू हुने गरी उनलाई हटाइएको छ ।”
शुक्रबार मात्रै शुक्ला संलग्न भएको फोटो सार्वजनिक भएको थियो, जसपछि विद्यालयले तत्काल कारबाहीको निर्णय लिएको हो । विद्यालयले भविष्यमा पनि शिक्षकहरूको आचरणमा ध्यान राख्ने र शैक्षिक वातावरणमा अनियमितता रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








