१९ मंसिर २०८२, शुक्रबार

जलेका कार्यालयलाई तुलसीपुर उपमहानगरपालिकाको सामग्री सहयोग

प्रकाशित मिति :  25 September, 2025 9:38 pm


दाङ । जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूको सेवा सहज बनाउन दाङको तुलसीपुर उपमहानगरपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ ।

उपमहानगर प्रमुख टिकाराम खड्काले सबै कार्यालयलाई एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराइएको जानकारी दिए । “हामी स्थानीय सरकार भएकाले पालिका भित्रका सबै कार्यालयको सेवा प्रवाह सुचारु गर्न जिम्मेवार छौं,” उनले भने, “त्यसैले आवश्यक सामग्री संकलन गरी सहयोग गरेका हौं ।”

सहयोग सामग्रीमा

मालपोत कार्यालय तुलसीपुर : ३ सेट कम्प्युटर, १ दराज, २ घुम्ने कुर्सी, ५ प्लास्टिकका कुर्सी, १ प्रिन्टर

यातायात व्यवस्था कार्यालय दाङ : १ कम्प्युटर, २ दराज, १ घुम्ने कुर्सी, २ प्लास्टिक कुर्सी, १ प्रिन्टर

आन्तरिक राजस्व कार्यालय तुलसीपुर : २ कम्प्युटर, १ स्टिल दराज, १ घुम्ने कुर्सी, १ प्लास्टिक कुर्सी, २ प्रिन्टर

उच्च अदालत तुलसीपुर : १ कम्प्युटर, २ स्टिल दराज, २ घुम्ने कुर्सी, २ प्लास्टिक कुर्सी, १ प्रिन्टर, १ स्क्यानर

इलाका प्रशासन कार्यालय तुलसीपुर : १ सेट सोफा, १ स्क्यानर

उच्च सरकारी वकिल कार्यालय तुलसीपुर : १ कम्प्युटर, १ स्क्यानर, २ घुम्ने कुर्सी, २ दराज, २ प्लास्टिक कुर्सी, १ प्रिन्टर

लोकसेवा आयोग कार्यालय तुलसीपुर : १ कम्प्युटर, १ कुर्सी, १ दराज, १ सेट सोफा

सामग्री विभिन्न संघ–संस्थाको सहयोगमा संकलन गरी उपमहानगरपालिकाले वितरण गरेको हो । विहीबार हस्तान्तरण गरिएको सामग्री प्रयोग गर्दै ती कार्यालयहरूले सेवा पुनः सुरु गरिसकेको उपमहानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !