१९ मंसिर २०८२, शुक्रबार

नेपाल पहिलो पटक वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय खेल्दै

प्रकाशित मिति :  27 September, 2025 7:19 am


काठमाडौँ । नेपालको क्रिकेट इतिहासमा पहिलो पटक नेपाली राष्ट्रिय टोली वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय (टी–२० आई) खेल्न लागेको छ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेल आज (शनिबार) राति ८:४५ बजे दुबईस्थित शारजाह क्रिकेट रंगशालामा हुनेछ ।

अर्को सातादेखि ओमानमा हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्न लागेको हो । सिरिज सकिएलगत्तै नेपाली टोली ओमान प्रस्थान गर्नेछ ।

नेपालले वेस्ट इन्डिजसँग तीन खेल खेलेर आगामी छनोट प्रतियोगिताका लागि आवश्यक अभ्यास गर्ने योजना बनाएको छ ।

नेपाली टोली यसप्रकार छन् :
– रोहितकुमार पौडेल (कप्तान)
– दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
– कुशल भुर्तेल
– लोकेश बम
– कुशल मल्ल
– आसिफ सेख
– आदील आलम
– करण केसी
– नन्दन यादव
– सन्दीप लामिछाने
– सन्दीप जोरा
– आरिफ सेख
– ललितनारायण राजवंशी
– गुल्शन झा
– सोमपाल कामी
– साहब आलम

नेपाल र वेस्ट इन्डिजबीचको यो ऐतिहासिक खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण माइलस्टोन मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !