१९ मंसिर २०८२, शुक्रबार
आईसीसी टी–२० विश्वकप

सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध नेपालको राम्रो सुरुवात

प्रकाशित मिति :  12 October, 2025 4:43 pm


काठमाडाैँ । ओमानको अल अमारेत ग्राण्डमा जारी आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन् । प्रशिक्षक स्टुवार्ट लले जापानविरुद्ध खेलेको टोलीमै निरन्तरता दिएका छन् ।

नेपालले सुरुवाती चरणमै सन्तुलित लय समातेको छ । पाँच ओभरमा नेपालले ४० रनको योगफल तयार पारेको छ। क्रिजमा ओपनर आशिष शेख र कुशल भुर्तेल खेलिरहेका छन् ।

दुवै टोली दुई–दुई अंकसहित अपराजित रहेका कारण आजको खेल विश्वकप छनोट र उपाधितर्फ निर्णायक मानिएको छ। नेपालले युएईविरुद्धको हारको शृङ्खला तोड्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।



प्रतिक्रिया दिनुहोस !