१९ मंसिर २०८२, शुक्रबार
आईसीसी पुरुष टी–२० विश्वकप छनोट

विश्वकप छनोटको सुपर सिक्समा आज नेपाल र कतार आमनेसामने

प्रकाशित मिति :  13 October, 2025 6:57 am


दाङ । ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपाल आज सुपर सिक्स चरणको दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे अल अमरात क्रिकेट मैदानमा सुरु हुनेछ।

यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको थियो भने कतार ओमानसँग पराजित भएको थियो । आजको खेल नेपालका लागि सेमिफाइनल यात्रालाई सहज बनाउने अवसरको रूपमा हेरिएको छ ।

सुपर सिक्सअन्तर्गत आजै दिउँसो ४:१५ बजे युएई र ओमानबीच अर्को खेल पनि हुने छ । नेपालले आजको खेलपछि बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका तय गरिएको छ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको १५ सदस्यीय नेपाली टोलीमा दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी सामेल छन् । नेपालको आजको खेलमा जितले विश्वकपको यात्रातर्फ निर्णायक कदम बढाउनेछ।



प्रतिक्रिया दिनुहोस !