४ जेष्ठ २०८१, शुक्रबार

कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग

प्रकाशित मिति :  15 November, 2019 8:59 pm


एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन् ।

न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गत ती कागजपत्र माग गरिएका हुन् ।

आफ्ना कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार गर्ने ट्रम्प दशकौं यताका एक मात्रै अमेरिकी राष्ट्रपति भएको बीबीसीले जनाएको छ । आफ्ना कर सम्बन्धी विवरणलाई गोप्य राख्ने यो राष्ट्रपति ट्रम्पको सबैभन्दा पछिल्लो प्रयास हो ।



प्रतिक्रिया दिनुहोस !