१९ मंसिर २०८२, शुक्रबार
आइसिसी टि–ट्वान्टी विश्वकप छनोट

अपराजित यात्राको अन्तिम परीक्षा : सामोआविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति :  17 October, 2025 4:18 pm


काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको अन्तिम खेलमा नेपालले सामोआविरुद्ध ब्याटिङ सुरु गरेको छ । सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने निर्णय पाएको हो ।

सुपर सिक्स चरणमा अब तक अपराजित रहँदै नेपाल शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेमा नेपाल अपराजित रहँदै समूह च्याम्पियन बन्नेछ ।

यसअघि जापानविरुद्धको पहिलो खेलमा ९ विकेटको सहज जित निकालेको ओमान समान ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दुबै टोलीका समान ८ अंक भए पनि रनरेटमा नेपाल अग्रस्थानमा छ।

आजको खेल नेपालका लागि ऐतिहासिक र आत्मविश्वासपूर्ण समापन गर्ने अवसरका रूपमा हेरिएको छ। नेपालले सुपर सिक्स र समूह चरणका सबै खेल जित्दै अब अन्तिम भिडन्तमा सामोआलाई पराजित गर्दै १० अंकका साथ अपराजित यात्रा समाप्त गर्ने लक्ष्य राखेको छ । सामोआले यस चरणमा अहिलेसम्म कुनै खेल जितेको छैन।

आजको खेलमा नेपालले टिममा केही परिवर्तन गरेको छ । करण केसी र आरिफ शेख पहिलो पटक यस छनोट प्रतियोगितामा खेल्ने अवसर पाएका छन् भने ललित राजवंशीले पनि पुनरागमन गरेका छन्। अघिल्ला खेलका सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई आज आराम दिइएको छ। बाँकी ८ खेलाडी यथावत छन्।

यसैबीच, यस प्रतियोगिताबाट नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई)ले सन् २०२५ को माघ २४ देखि फागुन २४ गतेसम्म हुने टि–ट्वान्टी विश्वकपका लागि छनोट सुनिश्चित गरिसकेका छन्।

नेपालका खेलप्रेमीहरूका लागि आजको खेल केवल जितको होइन, अपराजित गौरवसहित च्याम्पियनियतको क्षणको प्रतीक्षा हो ।



प्रतिक्रिया दिनुहोस !