थवाङका ७९ वर्षिय बृद्ध झिम्रुक खोलामा मृत फेला
प्रकाशित मिति : 22 October, 2025 11:16 am
दाङ । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका ७९ वर्षिय देवसिंह घर्तीमगर मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान ससुराली जान हिँड्दा उनी झिम्रुक खोलामा भेटिएका हुन्।
वडा नं. १ का अध्यक्ष हिरा प्रसाद बुढामगरका अनुसार शव बाटोदेखि करिब १५० मिटर तल फेला परेको थियो। घटनास्थल विकट र दुर्गम भएकाले परिवार र प्रहरी टोली पुग्न केही समय लाग्ने बताइएको छ।
प्रहरी घटनास्थलतर्फ गइरहेको छ र मृत्युकालीन कारणबारे थप अनुसन्धान भइरहेको छ। मृतकको परिवार र आफन्तलाई खबर गरिसकिएको छ।








