६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा भारतबाट आएका थप २० जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  22 June, 2020 7:33 am


काठमाडौं, ८ असार ।

गण्डकी प्रदेशमा २० जना नयाँ कारोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । नयाँ संक्रमित मध्य स्याङ्जाको अर्जुन चौपचारी गाँउपालिकाका १० जना, कालीगण्डकी गाँउपालिकाका २ जना र नवलपरासी पूर्वको बौदिकाली गाँउपालिका ८ जना रहेका छन् ।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने निर्देशनालयले जनाएके छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !