१७ बैशाख २०८१, सोमबार

तीन दिनको मौसमी विवरण:देशभर पानी पर्ने भन्दै सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  22 June, 2020 9:14 am


काठमाडौं, ८ असार ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

बर्षाका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज  देशभर समान्य बदली भई देशका धेरै ठाँउमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०८ गते (सोमबार)

 दिउँसोः   देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५  का एक  वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः   सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ।

असार ०९ गते (मंगलबार)

दिउँसोः  देशको सबै प्रदेशका अधिकांश स्थानहरुमा आँशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ।

 रातीः   देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५  र सुदुरपश्चिम प्रदेशका एक  वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

असार १० गते (बुधबार)

दिउँसोः  देशभर सामान्य देखि पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

 रातीः   देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश नं ५  का थोरै स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २  र प्रदेश १ का  एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना  रहेको छ। जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल / पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !