नेपाल आज भारतविरुद्ध मैत्रीपूर्ण खेल्दै
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलाङस्थित जवाहरलाल नेहरू रंगशालामा साँझ सवा ६ बजे सुरु हुनेछ।
फिफाको विश्व वरियतामा नेपाल ८९औं स्थानमा रहेको छ भने भारत ६३औं स्थानमा छ । दुवै देशबीच यसअघि १८ खेल भएका छन्, जसमा नेपालले २ खेल जितेको छ, ५ खेल बराबरीमा समाप्त भएका छन् र बाँकी ११ खेल भारतले जितेको छ ।
नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेलमा ३–० ले हार व्यहोरेको थियो । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा भण्डारी (साम्बा) को कप्तानीमा २३ सदस्यीय टोली भारत पठाएको छ।
टोलीको विवरण
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ।
डिफेन्डर: निशा ठोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर, हिरा कुमारी भुजेल।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, दीपा शाही।
फरवार्ड: रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी।
नेपालले आजको खेलमा जित हात पार्दै पछिल्ला पराजयको श्रृंखला तोड्ने लक्ष्य राखेको छ।








