४ जेष्ठ २०८१, शुक्रबार

जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना

प्रकाशित मिति :  15 November, 2019 9:04 pm


एजेन्सी– जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका समाचारहरु सार्वजनिक भएसँगै यसबारे नयाँ बहस शुरु भएको छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन् ।

यससँगै जापानमा यसबारेमा नयाँ बहस शुरु भएको हो । यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ।

खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई “चिसो भाव” प्रकट हुने बताएका थिए । जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ।

निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए ।



प्रतिक्रिया दिनुहोस !