४ जेष्ठ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको विश्वरेकर्ड

प्रकाशित मिति :  22 June, 2020 4:44 pm


अनिल सापकोटा
८ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वरेकर्ड कायम गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा मात्र विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्यांकमा ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा संक्रमित भेटिएका छन् ।

जोन्स होप्किन्स युनिर्भसिटी एण्ड मेडिसिन को तथ्यांक अनुसार कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक अमेरिकामा अहिलेसम्म २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका कारण १ लाख २० हजार भन्दा बढि मानिसको मृत्यु भएको छ । ६ लाख २२ हजार भन्दा बढिले कोरोनालाई जितेर घर फर्किएका छन् ।

त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ८३ हजार भन्दा बढि पुगेको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ५ लाख ८८ हजार भन्दा बढिले कोरोनालाई जितेर घर फर्किएका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार भन्दा बढि पुगेको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । १७ सय ७० भन्दा बढिले कोरोनालाई जितेर घर फर्किएका छन् ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि ४ लाख ६८ हजारभन्दा धेरै छ । हालसम्म विश्वभर ४४ लाख ४० हजार भन्दा बढिले कोरोनालाई जितेका छन् ।



प्रतिक्रिया दिनुहोस !