६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप १ सय ४ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  23 June, 2020 9:00 pm


काठमाडौं, ९ असार ।

गण्डकी प्रदेशमा १ सय ४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बेलुकी विज्ञप्ति निकालेर प्रदेशका ७ जिल्लामा १ सय ४ जना संक्रमित भेटिएको जानकारी दिएको छ । निर्देशनालयका अनुसार बाग्लुङमा ६ जना, कास्कीमा ७ जना, पर्वतमा २१ जना, नवलपरासी पूर्वमा ३८ जना,तनहुँमा १ जना, स्याङ्जामा १३ जना, गोरखामा १८ जना संक्रमित भेटिएका छन् छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ६ सय ९७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !