१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  26 June, 2020 7:16 am


काठमाडौं, १२ असार ।

गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान विज्ञप्ति जारी गरेर प्रदेशका ४ जिल्लामा २५ जना संक्रमित भेटिएको जानकारी गराएको हो । निर्देशनालयका अनुसार तनहुँमा २ जना, स्याङ्जामा २ जना, बागलुङमा १ जना, र नवलपरासी पूर्वमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७सय ९२ पुगेको छ । संक्रमित मध्य निको भएर घर फर्कने १ सय १ जना छन् । पछिल्लो २४ घण्टामा गोरखाका ९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !