१५ चैत्र २०८०, बिहिबार

चक्लाबन्दी धान खेतीको उद्घाटन गर्दै उदयपुरमा धान दिवस मनाए कृषि मन्त्री भुसालले (फोटो फिचर)

प्रकाशित मिति :  29 June, 2020 5:20 pm


उदयपुर,१५ असार

कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसाल उदयपुर पुगेर धान दिवस तथा रोपाइँ महोत्वसमा सहभागि भएका छन् ।

सरकारी औपचारिक कार्यक्रम ललितपुरको खुमलटारमा भएपनि मन्त्री भुसाल भने उदयपुरको त्रियुगा नगरपालिकामा सुरु भएको चक्लाबन्दी खेती प्रर्वद्धन खेतीको उद्घाटन गरेर दिवस मनाएका छन् ।

त्रियुगा नगरपालिकामा साहारा कृषि सहकारी संस्था लिमिटेडको अगुवाईमा १ सय ६० विघा जमिनमा फैलिएको चक्लाबन्दी खेती प्रर्वद्धनको उद्घाटन गर्दै कृषि मन्त्री भुसालले धान दिवस तथा रोपाइँ महोत्सव मनाएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री भुसालले चक्लाबन्दी खेतीले आधुनिक खेती प्रणालीमा ठूलो अर्थ राख्ने बताए । यसको महत्व बुझेर नै आफू कार्यक्रममा सहभागि हुन उदयपुर आएको बताए । उनले अहिले धानको अवस्था हेर्दा आफूलाई विरक्त लाग्ने गरेको समेत सुनाए ।

सरकारले हात झिकेर व्यक्ति र बजारलाई छोड्दिदा अहिलेको कृषिको अवस्था बिग्रिएको बताए । कृषि मन्त्री भुसालले भने,‘हामी कृषि प्रधान मुलुक हौं । धान नै हाम्रो क्षेत्रमा फेला परेको थियो । हाम्रो क्षेत्रमा पहिले रोपिएको हौं । तर, आज हामीले करिब करिब १३/१४ लाख मेटिक टन धान किनेर खान्छौं । यस्तो जमिन छ जहाँ फालेपनि फल्छ । तर आयात गरेर खाएको हेर्दा विरक्त लाग्छ ।’

उनले यो अवस्था एकाएक नआएको बताए । ५/१० बर्ष नभई अघि अगाडि देखि नै थिति बिग्रिएको मन्त्री भुसालको भनाई छ । उनले सरकारले बजार र व्यक्तिलाई जिम्मा लगाउदा अहिलेको अवस्था आएको बताए ।

कृषि मन्त्री भुसालले भने,‘यो एकएक भएको होईन । यो ५/१० वर्ष अघिकाले विगारेको मात्रै होईन । यो अघि अघिदेखि नै थिति विग्रियो । थिति कसरी विग्रीयो भने खास गरि यो कृषि क्षेत्र भनेको अब सरकारले गर्दैन । व्यक्तिले गर्ने हो बजारले गर्ने हो भन्दा बिग्रियो ।’

सरकारले नाफाघाटा हेरेर बीउ,मल सिंचाईलगायतका विषयमा वेवास्था गर्दा अहिलेको अवस्था सिर्जना भएको मन्त्री भुसालको भनाई छ ।

फोटो : लुम्बिनी सञ्चार



प्रतिक्रिया दिनुहोस !