५ चैत्र २०८२, बिहिबार

पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनी टोली घोषणा

प्रकाशित मिति :  19 March, 2026 1:23 pm


दाङ लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ गतेदेखि सुरु हुने प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको नेतृत्व देव खनालले गर्नेछन् ।

संघले सार्वजनिक गरेको टोलीमा आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी समावेश छन् ।

यस्तै, रमेश कुर्मी, नरबहादुर सार्की, दीपेश रोका, महेश भर र सम्राट् भुसाललाई रिजर्भ खेलाडीको रूपमा राखिएको संघले जनाएको छ ।

यसपटकको पीएम कप चैत ७ गतेदेखि बागमती र मधेश प्रदेशका दुई–दुई स्थानमा सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेल शनिबार पर्सामा कर्णाली प्रदेशसँग खेल्ने तालिका रहेको छ ।

लुम्बिनीका सबै खेलहरू जनकपुर र पर्सामा आयोजना हुनेछन् । नयाँ कप्तान देव खनालको नेतृत्वमा मैदान उत्रने टोलीबाट यसपटक उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !