धितोपत्र बोड, नेप्से, सिडिएससीको पुनर्संरचना गरिने
प्रकाशित मिति : 11 May, 2026 4:58 pm
काठमाडौँ । सरकारले धितोपत्र बोड, नेप्से, सिडिएससीको पुनर्संरचना गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बोड, नेप्से, सिडिएससीको पुनर्संरचना गर्ने बताएका हुन् ।
सरकारले आगामी आवमा संस्थागत लगानीकर्ता, म्युचुअल फण्ड, गैर आवासीय नेपालीको सहभागिता विस्तार गर्ने लक्ष्य लिएको छ ।




