१४ जेष्ठ २०८३, बिहिबार

सगरमाथा शिखर चुमेर काठमाडौँ फर्किए रास्वपा सांसद मिङ्मा

प्रकाशित मिति :  28 May, 2026 4:15 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा ले सङ्घीय संसद्को ‘लोगो’ अंकित झण्डा सहित सगरमाथा आरोहण गरेर काठमाडौँ फर्किएका छन्।

उनले बुधबार बिहान ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका हुन्। सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ आरोहणमा निस्किएका शेर्पाले नवौँ दिनमा बुधबार बिहान ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गरेका हुन्।

३७ वर्षीय मिङ्मा ग्याबु शेर्पा पर्वतारोहण क्षेत्रमा विश्वस्तरमै परिचित नाम हुन्। उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान समेत बनाएका छन ।

उनी २०८२ सालको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस !