ग्लोबल कन्जुमर एक्स्पो २०२६ जुन १२ देखि काठमाडौंमा आयोजना हुने
काठमाडाैँ । ग्लोबल कन्जुमर एक्स्पो २०२६ जुन १२ देखि काठमाडौंमा आयोजना हुने काठमाडौं । उपभोक्ता लक्षित सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी जुन १२ देखि १६ तारिखसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ। इभेन्ट सोलुसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एक्स्पोबारे औपचारिक घोषणा गरेको हो।
‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित आयोजना हुने उक्त मेलामा स्वदेशी तथा विदेशी ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय र हजारौं उपभोक्ताको सहभागिता रहने आयोजकले जनाएको छ। मेलाले व्यवसाय–देखि–व्यवसाय तथा व्यवसाय–देखि–उपभोक्तानेटवर्क विस्तार गर्ने उद्देश्य राखेको छ।
आयोजकका अनुसार एक्स्पोमा विभिन्न क्षेत्रका १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ। प्रदर्शनीमा एफएमसीजी, घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहना लगायतका उत्पादनहरू राखिनेछन्।
त्यसैगरी, मेलामा करिब ३५ हजारभन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ। आगन्तुकले विभिन्न स्टलमार्फत उत्पादनहरूको प्रत्यक्ष अवलोकन तथा खरिद गर्न सक्नेछन्। साथै, कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव दिने इन्टरएक्टिभ जोन पनि रहनेछ।
मेलाका क्रममा विशेष छुट, लक्की ड्र तथा उपहार योजनाहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजक इभेन्ट सोलुसनले यसलाई नेपालको बढ्दो उपभोक्ता अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
एक्स्पोमा प्रवेश सबै उमेर समूहका लागि खुला रहनेछ। स्टल बुकिङ, प्रदर्शक दर्ता तथा थप जानकारीका लागि आधिकारिक कागजातमा उल्लेख गरिएको क्यूआर कोडमार्फत सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ।








